Tuesday, May 3, 2016

डिभीको नतिजा आज राति आउँदै, सचेत हुन दूतावासको आग्रह

२१ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०१७ को नतिजा आज राति प्रकाशन हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजे प्रकाशन नतिजा सार्वजनिक हुनेछ ।  डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।

flag-of-america
डिभीका विषयमा फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रमा फोन गर्नसकिनेछ । केन्द्रको फोन नम्बर १-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।
अमेरिकामा रहनेले (७०३) ९८८-३४२८ मा सम्पर्क गरेर सोधपूछ गर्न सक्नेछन् । निवेदकले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् ।
दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपाठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ ।
भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।

No comments:

Post a Comment