Tuesday, September 1, 2015

पेट्रोल डिजेल र ग्यासको मूल्य घट्यो, पेट्रोल साढे दुई रुपैयाँ, डिजेल दुई र ग्यास ३५ रुपैयाँ कम

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियाम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर साढे दुई रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाउने निर्णय गरेको छ । 

वीरगञ्जमा गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो आन्दोलनकारीले पेट्रोल र सुतली बम हाने : प्रहरी

१५ भदौ, वीरगञ्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको वीरगञ्ज बन्दमा हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरी चौकीमा पेट्रोल र सुतली बम हानेको प्रहरीले जनाएको छ ।