Thursday, June 25, 2015

सुशील, केपी, प्रचण्ड र गच्छदारलाई एकवर्ष कैद र रु १० हजार जरिवाना


Meeing-4partyकाठमाडौँ, ९ असार । प्रमुख चारदलबीच गत जेठ २५ गते भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै शीर्ष चार दलका नेतालाई एकवर्ष कैद र रु १० हजार जरिबानाको मागसहित आज सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।

Monday, June 22, 2015

क्रिकेट अष्ट्रेलियाले नेपाल र नेपाली क्रिकेटको बारेमा बनाएको बिशेष भिडियो




क्रिकेट अष्ट्रेलियाले नेपाल र नेपाली क्रिकेटको बारेमा बनाएको यो बिशेष भिडियो एकपटक अवश्य हेर्नुहोस् । सबैलाई यो भिडियो देखाउन सक्दो शेयर पनि गरिदिनुहोला ।
Posted by Nepali Cricket Team | NCT on Sunday, June 21, 2015

टाइटेनिक हिरो लियोनार्दो र जोअना लुम्ले नेपाल आउने

joanna lumley & leonardo dicaprio (1)७ असार, काठमाडौं । टाइटेनिक फिल्मका नायक लियोनार्दो डिक्याप्रियो र हलिउडका चर्चित नायिका जोअना लुम्ले नेपाल आउन भएका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन सरकारले असार १० गते दातृ सम्मेलन गर्दैछ । सम्मेलनमा लियोनार्दो र बेलायती अभिनेत्री लुम्ले पनि सहभागी हुने पक्का भएको छ । लुम्लेले नेपालका भूकम्प प्रभावितका लागि झण्डै ८ अर्ब सहयोग संकलन गरिसकेकी छन् ।

सरकारले अनुसार दातृ सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि सहभागी हुने भएका छन् ।

Friday, June 19, 2015

मलेसियाले नेपाली नभई बंगलादेशी कामदार लैजाने

काठमाडौं, असार ५  । सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ ।

यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

दीक्षितले ल्याए ९४% सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७

Deechitकाठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।
शुक्रबार सार्वजनिक भएकाे एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।’
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।

एसएलसी फेल भएर पनि चम्किएका ताराहरु




परीक्षा नियन्त्रण कार्यालयले यसपाली एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नतिजा निकालेको छ। 
राष्ट्रिय ढुकुटीबाट शिक्षामा भएको झण्डैं खरब रुपैयाँको लगानी खेर नगएको देखाउन यो तथ्यांक 'हाइलाइट' गरेको हुनुपर्छ।