Tuesday, December 15, 2015

जारी भएको तीन महिनामै संशोधन हुने भयो संविधान


mainphotoकाठमाडौं : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले नेपालको संविधानको पहिलो संशोधन विधेयक संसदमा पेश गरेको छ। समानुपातिक समावेशी व्यवस्था र ७५ जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको हो।

पेट्रोलियम कालोबजारीमा ‘आँखा चिम्लिन’ माथिको आदेश


नेमुवाबाट बुढी खोला तरेर उकालो लागेपछि बाटैभरी पेट्रोल पाइन्छ। बोतलमा पाइते त्यस्तो पेट्रोल कति शुद्ध वा अशुद्ध कसैलाई मतलब छैन। त्यो तेल एक सय पचासदेखि दुई सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको छ।


पूर्व–पश्चिम महेन्द्र राजमार्गको इटहरीबाट पश्चिमतिर लागेपछि पनि बाटैभरि पेट्रोल भेटिन्छ। विराटचोक दक्षिण हरैंचासम्म पनि बाटैभरी पेट्रोल पाइन्छ। झापा त पेट्रोलको सहर नै कहलिएको छ। काँकडभिट्टा ‘पेट्रोलखानी’ जतिकै भएको छ।

ग्यास माग्ने उपभोक्तालाई गौशालाका इन्स्पेक्टरको गोदाइ

Police
२९ मंसिर, काठमाडौं । इन्धनको हाहाकार भइरहेका बेला सबैलाई ग्यासको चिन्ता छ । तर, ग्यासको खोजीमा भौंतारिएका चाबहिलका कानुन व्यवसायी कृष्ण देवकोटाले भने मंगलबार ग्यासको साटो गौशालाका प्रहरीको गोदाइ भेटेका छन् । उनलाई प्रहरीले बुटैबुटले हान्दै हिरासतमा थुनेको छ ।


देशमा लोकतन्त्र र गणतन्त्र आए पनि प्रहरीको व्यवहार भने अमानवीय एवं निरंकुश पञ्चायती शैलीकै छ भन्ने प्रमाण चाबहिल स्तुपा छेउमा काठमाडौंबासीले प्रत्यक्ष देख्न पाए ।

Tuesday, September 1, 2015

पेट्रोल डिजेल र ग्यासको मूल्य घट्यो, पेट्रोल साढे दुई रुपैयाँ, डिजेल दुई र ग्यास ३५ रुपैयाँ कम

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियाम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर साढे दुई रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ । त्यसैगरी खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाउने निर्णय गरेको छ । 

वीरगञ्जमा गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो आन्दोलनकारीले पेट्रोल र सुतली बम हाने : प्रहरी

१५ भदौ, वीरगञ्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको वीरगञ्ज बन्दमा हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरी चौकीमा पेट्रोल र सुतली बम हानेको प्रहरीले जनाएको छ । 

Friday, August 21, 2015

प्रहरी इन्काउण्टरमा मारिने क्रममा उनका छिमेकीले मोबाइलबाट खिचेको भिडियो हेर्नुहोस्

भदौ ३ - चर्चित डन कुमार घैंटे मारिएपछि प्रहरीले आसपासका घरका झ्यालढोका बन्द गर्न लगाएको खुलासा भएको छ । गोली प्रहारपछि, उनका छिमेकीले युट्युबमार्फत् सार्वजनिक गरेको भिडियो फुटेजमा प्रहरीले स्थानीय बासिन्दालाई थर्काउँदै झ्यालढोका नखोल्न भनेको थियो । 

Wednesday, August 19, 2015

शाहरुख र काजोलको फिल्मलाई रिलिज नहुँदै २ सय ३० करोड

मुम्बई - रिलिज हुनु अगाडी नै शाहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’ले २ सय ३० करोड कमाई गरेको छ । चलचित्र दिलवालेलाई भारतीय बितरकले एकसय ३० करोड दिएका छन् । त्यस्तै ओभरसिज राईटवाट ४० करोड आएको छ । 

पारसकी प्रेमिका कन्निकाले हिमानीले नाइटोमा मुन्द्री लगाएको फोटो फेसबुकमा राखिदिएपछि

२ भदौ । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । 

लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको हो । 

कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो ? जानिरखौँ…..


अझैपनि कयौं मान्छेहरु ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडि बढाउँछन् । धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । तर, मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिको हिसाबमा मान्छे जन्मेको महिनाले पनि धेरै फरक पार्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस् ।

Tuesday, August 18, 2015

अब स्मार्टफोनले भगाउनेछ लामखुट्टे

लामखुट्टेले दुख दिएको बेला लामखुट्टे भगाउनका लागि विभिन्न केमिकल तथा झुलको सहारा लिनुको विकल्प हुँदैन । तर अब लामखुट्टे भगाउनका लागि नयाँ तरिका आएको छ । अब तपाइँको लामखुट्टेले दुख दिने लामखुट्टे भगाउन सहयोग गर्नेछ ।


आफ्नो स्मार्टफोनमा एउटा यस्तो एप डाउनलोड गर्नुहोस् जसले उच्च आवृत्तिको ध्वनी निकाल्नेछ । यो आवाज लामखुट्टेलाई फिटिक्कै मन पर्नेछैन अर्थात् डराउनेछ र तपाइँको आसपास लामखुट्टे आउनेछैन ।

अब भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ

वातावरण सफा राख्ने अभियान पनि काइदा काइदाका हुँदा रहेछन् । भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने लोभलाग्दो अभियान सुरु भएको छ ।

वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ ।
मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले यो अभियान सुरु गरेका हुन् । प्रतिकका अनुसार जब भाँडोमा फोहोर फालिन्छ तब उक्त स्मार्ट भाँडोमा एउटा कोड चम्किन थाल्छ । उक्त कोड वास्तवमा वाइफाइ कोड हो र सो कोडबाट निशुल्क वाइफाइ चलाउन सकिन्छ ।

Thursday, June 25, 2015

सुशील, केपी, प्रचण्ड र गच्छदारलाई एकवर्ष कैद र रु १० हजार जरिवाना


Meeing-4partyकाठमाडौँ, ९ असार । प्रमुख चारदलबीच गत जेठ २५ गते भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै शीर्ष चार दलका नेतालाई एकवर्ष कैद र रु १० हजार जरिबानाको मागसहित आज सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।

Monday, June 22, 2015

क्रिकेट अष्ट्रेलियाले नेपाल र नेपाली क्रिकेटको बारेमा बनाएको बिशेष भिडियो




क्रिकेट अष्ट्रेलियाले नेपाल र नेपाली क्रिकेटको बारेमा बनाएको यो बिशेष भिडियो एकपटक अवश्य हेर्नुहोस् । सबैलाई यो भिडियो देखाउन सक्दो शेयर पनि गरिदिनुहोला ।
Posted by Nepali Cricket Team | NCT on Sunday, June 21, 2015

टाइटेनिक हिरो लियोनार्दो र जोअना लुम्ले नेपाल आउने

joanna lumley & leonardo dicaprio (1)७ असार, काठमाडौं । टाइटेनिक फिल्मका नायक लियोनार्दो डिक्याप्रियो र हलिउडका चर्चित नायिका जोअना लुम्ले नेपाल आउन भएका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन सरकारले असार १० गते दातृ सम्मेलन गर्दैछ । सम्मेलनमा लियोनार्दो र बेलायती अभिनेत्री लुम्ले पनि सहभागी हुने पक्का भएको छ । लुम्लेले नेपालका भूकम्प प्रभावितका लागि झण्डै ८ अर्ब सहयोग संकलन गरिसकेकी छन् ।

सरकारले अनुसार दातृ सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पनि सहभागी हुने भएका छन् ।

Friday, June 19, 2015

मलेसियाले नेपाली नभई बंगलादेशी कामदार लैजाने

काठमाडौं, असार ५  । सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ ।

यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

दीक्षितले ल्याए ९४% सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७

Deechitकाठमाडौं, असार ४ - मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुलका दीक्षित पौडेलले एसएलसीमा ९४ प्रतिशत अंक ल्याएका छन् ।
शुक्रबार सार्वजनिक भएकाे एसएलसी नतिजामा १५ वर्षीय दीक्षितले ९४ प्रतिशत अंक ल्याएका छन् । २०५७ साल वैशाख २१ गते जन्मिएका दीक्षित चार कक्षादेखि भ्याली भ्यूमा अध्ययनरत थिए । त्यसअघि लिटिल एन्जल्समा थिए ।
दीक्षितले पारिवारिक वातावरणले आफूलाई शैक्षिक सफलता हात परेको प्रतिक्रिया दिए । ‘बुवा र ममीले मेरो शिक्षामा ज्यादै ख्याल गर्नुभयो,’ उनले ईकान्तिपुरसित भने, ‘विद्यालयका वातावरणले थप ऊर्जा मिल्यो ।’
दीक्षितले मुटूरोग विशेषज्ञ चिकित्सक बन्ने योजना सुनाए ।
दीक्षितका बाबु कृष्णप्रसाद पौडेल त्रि–चन्द्र क्याम्पसका प्राध्यापक हुन् ।

एसएलसी फेल भएर पनि चम्किएका ताराहरु




परीक्षा नियन्त्रण कार्यालयले यसपाली एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नतिजा निकालेको छ। 
राष्ट्रिय ढुकुटीबाट शिक्षामा भएको झण्डैं खरब रुपैयाँको लगानी खेर नगएको देखाउन यो तथ्यांक 'हाइलाइट' गरेको हुनुपर्छ।