Saturday, April 23, 2016

भूकम्पको वर्ष दिनमा अर्को परकम्प

काठमाडौं, वैशाख १२ – भूकम्प गएको वर्षदिन पुगिसक्दा पनि परकम्प आउन अझै छाडेको छैन । शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राति २ बजेर १६ मिनेटमा परकम्प गएको हो । यो पोहोर वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
योसँगै भूकम्प गएको एक वर्षमा ४ रेक्टर स्केलमाथिका मात्रै ४ सय ५० वटा परकम्प गएका छन् । ४ रेक्टर स्केल भन्दा साना हजारौं पराकम्प गएका उहाँको भनाई छ । ठूला भूकम्पपछि साना परकम्प वर्षौसम्म गइरहनु स्वभाविक भएको उहाँले बताउनुभयो ।
यसअघि बिहीबार १२ बजेर ४१ मिनेटमा दोलखा केन्द्रविन्दु भएर तथा बेलुकी ४ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । 

No comments:

Post a Comment