Tuesday, December 15, 2015
जारी भएको तीन महिनामै संशोधन हुने भयो संविधान
पेट्रोलियम कालोबजारीमा ‘आँखा चिम्लिन’ माथिको आदेश
नेमुवाबाट बुढी खोला तरेर उकालो लागेपछि बाटैभरी पेट्रोल पाइन्छ। बोतलमा पाइते त्यस्तो पेट्रोल कति शुद्ध वा अशुद्ध कसैलाई मतलब छैन। त्यो तेल एक सय पचासदेखि दुई सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको इटहरीबाट पश्चिमतिर लागेपछि पनि बाटैभरि पेट्रोल भेटिन्छ। विराटचोक दक्षिण हरैंचासम्म पनि बाटैभरी पेट्रोल पाइन्छ। झापा त पेट्रोलको सहर नै कहलिएको छ। काँकडभिट्टा ‘पेट्रोलखानी’ जतिकै भएको छ।
ग्यास माग्ने उपभोक्तालाई गौशालाका इन्स्पेक्टरको गोदाइ
२९ मंसिर, काठमाडौं । इन्धनको हाहाकार भइरहेका बेला सबैलाई ग्यासको चिन्ता छ । तर, ग्यासको खोजीमा भौंतारिएका चाबहिलका कानुन व्यवसायी कृष्ण देवकोटाले भने मंगलबार ग्यासको साटो गौशालाका प्रहरीको गोदाइ भेटेका छन् । उनलाई प्रहरीले बुटैबुटले हान्दै हिरासतमा थुनेको छ ।
देशमा लोकतन्त्र र गणतन्त्र आए पनि प्रहरीको व्यवहार भने अमानवीय एवं निरंकुश पञ्चायती शैलीकै छ भन्ने प्रमाण चाबहिल स्तुपा छेउमा काठमाडौंबासीले प्रत्यक्ष देख्न पाए ।
Subscribe to:
Comments (Atom)