Wednesday, August 19, 2015

शाहरुख र काजोलको फिल्मलाई रिलिज नहुँदै २ सय ३० करोड

मुम्बई - रिलिज हुनु अगाडी नै शाहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’ले २ सय ३० करोड कमाई गरेको छ । चलचित्र दिलवालेलाई भारतीय बितरकले एकसय ३० करोड दिएका छन् । त्यस्तै ओभरसिज राईटवाट ४० करोड आएको छ । 

त्यस्तै सोनी म्यूजिकले १५ करोड दिएको छ । सेटलाईट र टेलिभिजन राईट्सको विषयमा कुरा हुँदै गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । टेलिभिजन राइट्का लागि ४५ करोडमा कुरा भइरहेको छ । यसको निर्माण लागत ७५ करोड रहेको छ । उक्त चलचित्रले अहिलेकै रकम हिसाब गर्ने हो भने पनि १५५ करोड खुद नाफा कमाइसकेको छ ।

No comments:

Post a Comment